Friday, March 23, 2007

आज बागलुङ बजारमा बागलुङ महोत्सवको शुरु भएको छ । यो महोत्सव ७ दिन सम्म चल्ने छ । आज उद्घाटनको दिन । यो महोत्सव बागलुङ उद्योग बाणिज्य संघ बागलुङको आयोजना र जिल्ला बिकास समिति बागलुङ बागलुङ नगरपालिका कालिका भगवति गुठी धौलागिरी बस व्यवसायि समिति धौलागिरी जिप ब्यवसायी को सह आयोजनामा आयोजित यस महत्सोव बिगतमा भन्दा फरक रहेको छ । यस महोत्सवको तयारी सिलसिलामा बागलुङ बजारको सवै टोलहरु रंगिएको छ । सवै जात जाति भेषभुपा कला संस्कृतिको प्रर्दशन एवं सहभागी भएको छ । बिषेश गरी यस महोत्सवमा बागलुङ बजारको सास्कृतिक प्रर्दशन भएको छ । सायद बागलुङ बजारको प्रख्यात हनुमान नाचमा बाल कलाकारको प्रयोग भएको यो प्रथम लाग्छ । यति साना भाईहरुले यति राम्रो नाच्दा कला सस्कृतिले सवैको मन छुने रैछ ।



बाल कलाकारहरु हनुमान नाचमा

रोपाई नाच

मत केटी होईन है

घोडा नाच

यस नाचमा सायद नेपालमा कहि पनि यस्तो बाजा बजाउदैन होला। यस नाचमा टिनको बाकस बजाउने गरिन छ ।

Wednesday, March 21, 2007

बागलुङ महोत्सवको अवसरमा बजार दुलही जस्तै सिर्गाने क्रममा


यो बागलुङ बजारको प्रमुख बजार क्षेत्र महेन्द्र पथको हो । बागलुङ बजारको बिच भागमा रहेको यस स्थानमा राजा महेन्द्रको शालिक रहेको थियो । यो शालिक जनआन्दोलन २ को बेला आन्दोलनकारीहरुले यस शालिकलाई ढालेर फालेका थिए । अहिले बागलुङ बजारमा बागलुङ महोत्सवको अवसरमा बजार दुलही जस्तै सिर्गाने क्रममा यस शालिक रहेको स्थानमा तत्कालिन महेन्द्रपथ हालकों लोकतान्त्रिक चोकका बासिन्दाहरुले यस स्थानलाई यस किसिमले सिगार्दै छन् ।

Friday, March 16, 2007

Tuesday, March 6, 2007

2063 Fagun 2, Snow fall, at baglung bazar


2063 ;fn Mfu'Q 2 ut] alxfg afun'Z ahfmf xlpF kbf{sf] CQxm'