राष्ट्रपति डा रामवरण यादवले राष्ट्रको नाममा गरेको सम्बोधनको पुर्णपाठ
आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरु
अहिले हामी नेपाल र नेपालीको भाग्यरेखा कोर्ने नयाँ संविधान बनाउने तयारीमा छौं । आउँदो दुई वर्षभित्र संविधान लेख्ने ठूलो चुनौती हामीसमक्ष छ । यो चुनौती पार गर्न संविधानसभामा भएका सबै राजनीतिक शक्तिहरु र सबै नेपाली जनता मिलेर अगाडि बढ्नुआजको आवश्यकता हो । तव मात्र हामी आफैंले लेखेको संविधानले नेपाल र नेपालीको उज्यालो भाग्य रेखा कोर्नेछ । देश र जनताको भविष्यसँग जोडिएको संविधान निर्माणजस्तो ऐतिहासिक कार्यमा नेपालको अन्तरिम संविधान २०६३ अन्तर्गत रही मेरो पूर्ण सहयोग र समन्वयात्मक भूमिका रहनेछ ।
आज हामी सबैले देखेको नयाँ नेपालको सपना साकार पार्न सबैको एकताको त्यत्तिकै खाँचो छ । यो एकताको जगमा मात्र जातीय र क्षेत्रीय सद्भाव कायम राख्दै वैज्ञानिक र न्यायिक ढङ्गले राज्यको पुनःसंरचना गरी िहंसारहित सभ्य समाजको निर्माण र आर्थिक सामाजिक उन्नतिको आधारशीला खडा गर्न सकिन्छ ।
वर्षौको तीतो अतीतलाई पछाडि छोडेर मीठो भविष्यको यात्रामा अगाडि बढ्न र हाल जारी शान्ति प्रकि्रयालाई एउटा तार्किक निष्कर्षमा फर् याउन राष्ट्रिय एकता र मेलमिलाप बाहेक अर्को बाटो हुनै सक्तैन । त्यसैले अब गठन हुने सरकारले सबैलाई साथ लिएर सबैको हितका लागि आफ्ना नीति र कार्यक्रम अगाडि सार्ने विश्वास मैले लिएको छु ।
अबको समय नेपालका लागि शान्ति स्थापना सामाजिक न्याय विधिको शासन र समावेशी लोकतन्त्रको माध्यमबाट नेपाल र नेपालीको अनुहास फेर्न अत्यन्त महत्वपूर्ण हुनेछ । यस अवधिमा राज्यको पुनःसंरचना एवम् बहुदलीय लोकतन्त्रका सही र बलिया आधारहरु तयार पार्दै आम जनताका आधारभूत आवश्यकता पूरा गर्न भौतिक संरचनाहरुको निर्माण तथा पुनःनिर्माण एवम् दिगो शान्ति प्राप्त गर्नु नै हामी सबैको प्राथमिकता हुनेछ ।
नेपालको इतिहासमै पहिलो पटक जनता आफैंले संविधान बनाई आफ्नो भाग्यरेखा आफैं कोर्न अहिले आएको ठूलो अवसरसँगै चुनौती पनि त्यत्तिकै ठूलो छ । यस चुनौतीलाई अवसरमा परिणत गर्ने ठूलो मौका प्राप्त भएको छ । त्यसैले हामीमा सकि्रयतासँगै सतर्कता पनि त्यत्तिकै जरुरी छ । मलाई विश्वास छ हामी सबै नेपालीहरुमा यो चुनौती पार गर्न सक्ने क्षमता र आत्मविश्वास छ ।
आफ्नो कर्तव्य र जिम्मेवारीमा सधैं सजग रहिआएका सबै राजनीतिक दलहरु नेपाली सेना प्रहरी कर्मचारीलगायत विभिन्न सबै पेशा र वर्गका मानिसहरुको सामूहिक र एकताबद्ध प्रयासले मात्र देश अगाडि बढ्न सक्छ भन्ने कुरामा शङ्का छैन । नेपाल र नेपालीको यस्तो एकताबद्ध प्रयासमा हाम्रो हित चाहने मित्रराष्ट्रहरु लगायत सबै अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सहयोग निरन्तर हुने कुरामा म विश्वस्त छु ।
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु
तपाईहरुले ठूलो विश्वास गरेर मलाई देशको गरिमामय सर्वोच्च पदमा फर् याउनुभएको छ । म एउटा सामान्य किसानको छोरा हुँ । नेपालको माटोमा जन्मेर नेपालकै माटोमा लडीबुडी खेल्दै हुर्कँदै राष्ट्रपतिको पदसम्म फग्दा किसान मजदुरलगायत सारा नेपालीको सुखदुःखसँगै मेरो सुख दुःख पनि गाँसिएको छ ।
तराई-मधेस पहाड र हिमाल जहाँ बसे पनि जुनसुकै भाषा बोले पनि जुनसुकै भेष पहिरिए पनि जुनसुकै धर्म माने पनि हामी सबै सबभन्दा पहिला नेपाली हौं । नेपाल रहे मात्र हामी रहन्छौं । हामी रहे मात्र लोकतन्त्र रहन्छ । लोकतन्त्र रहे मात्र देश बन्छ ।
अन्तमा देशको सार्वभौमिकता अखण्डता राष्ट्रिय एकता स्वाभिमान जातीय र साम्प्रदायिक सद्भावलाई कायम राखी नयाँ नेपाल निर्माणको यात्रामा हातेमालो गर्दै हामी सबै अगाडि बढौं ।
सबै नेपालीको जय होस्
जय नेपाल !
Sunday, July 27, 2008
Saturday, November 17, 2007
ताराखोलामा भुसपोल्ने मेला
बागलुङ जिल्लाको ताराखोलामा सोमबारदेखि शुरु भएका विविध कार्यक्रमहरु शुक्रवार सम्पन्न भएका छन् ।
मगरजातीको ऐतिहासिक पर्व मानिने भुस पोल्ने मेलको अवसरमा खेलकुद विकास माच अर्गलले प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न गरेको हो ।
जिल्ला विकास समिति बागलुङका पूर्व सदस्य डिलबहादुर घर्तिले उद्घाटन गर्नु भएको मेलामा सोरठी सुनिमायाँ यानिमायाँ मारुनी लगायतका नाच प्रदर्शित भएका थिए ।
मेलाको अवसरमा भलिवल लठो तान्ने धनुषवाण घैटोफोर लगायतका प्रतियोगिताहरु आयोजना गरिएको थियो ।
१० टिमको सहभागिता रहेको पुरुष तर्फको भलिवल प्रतियोगितामा त्रिसुली युवा क्लव हिला प्रथम र नुन्थला मगर समाज अर्गल द्वितिय भएका छन् ।
६ टिमको सहभागिता रहेको महिला तर्फको भलिवल प्रतियोगितामा योङ कम्युनिष्ट िलंग ताराखोलाको समुह प्रथम र नुनथला मगर समाज अर्गलको समुह द्वितिय भएका छन् ।
लुठो तान्ने प्रतियोगितामा अर्गलमा विपिन क्षेत्रीको समुह प्रथम र बमबहादुर खत्रीको समुह द्वितिय भएका छन् ।
धनुषवाण प्रतियोगितामा ताराखोला गाउँ जनसरकार समितिको समुह प्रथम र मोहन रोकाको समुह द्वितिय भएका छन् ।
यसैगरी घैटोफोर प्रतियोगितामा बमबहादुर खत्री प्रथम हुनु भएको छ ।
प्रतियोगिताका विजेताहरुलाई जिल्ला विकास समिति बागलुङका पूर्व सदस्य दिलबहादुर घर्ति मगर भाषा तथा संस्कृति सम्बद्र्धन समिति अर्गलका सचिव बिरलाल घर्ति र समाजसेवी शेरबहादुर क्षेत्रीद्वारा पुरस्कार वितरण गरिएको थियो ।
अमर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन सुर्य घर्तिले गर्नु भएको तारोखोलाबाट पत्रकार टेक क्षेत्रीले जानकारी दिनुभएको छ ।

करणीको प्रयास गर्ने दुई युवा प्रहरीको फन्दामा
दुई सन्तानकी आमालाई जवर्जस्ती रुपमा करणी गर्न खोज्ने दुई युवकलाई स्थानीयबासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको तिलाहार गाविसका ३५ बर्षीय एक महिलालाई विहिबार सांझ तिलाहार ८ का २१ बर्षीय दुर्गाबहादुर पराजुली र छिमेकी चित्रे ५ बस्ने १८ बर्षीय ज्ञानेन्द्र भारतीले करणी गर्ने प्रयास गरेका थिए । उनीहरुलाई स्थानीयबासीहरुले स्थानीय इलाका प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले घट्ना घट्नु भन्दा अगाडि नै पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त पराजुली भारतमा काम गर्दै आएका थिए भने भारती घरमै बस्दै आएको स्थानीयबासीहरुले बताएका छन् ।
पीडित महिलाले प्रहरीसमक्ष युवाहरुलाई जबरजस्ती र ज्यान मार्ने उद्योग सम्बन्धी उजुरी गरेपछि सोही बमोजिम मुद्धा चलाउन तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा विधायक अर्जुनप्रसाद जोशी
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा विधायक अर्जुनप्रसाद जोशीले दलहरुले सहमतिको आधारमा मुलुकलाई अगाडी वढाउनुपर्नेमा प्रावृधिक वहुमत देखाएर अल्पमत र बहुमतको विषय वनाइ संकटमा पुर् याएको वताउनुभएको छ ।
विधायक जोशीले उक्त कुरा निजामती कर्मचारी युनीयन पर्वतको चौथो जिल्ला अधिवेसनको उद्घाटन गर्दै शनिवर कुश्मामा वताउनुभएको हो ।
जोशीले अहिलेनै संसदवाट गणतन्त्र घोषणा गर्ने र संविधानसभाको पहिलो वैठक पछि कार्वान्वयन गर्ने काङ्ग्रेस र एमालेको सहमती हुदाहुदै पनि एमालेले सहमती टुटाएर मुलुकलाई द्वन्द्वमा फसाउने भुमिका निर्वाह गरेको आरोप लगाउनुभयो ।
सो अवसरमा विधायक जोशीले सहमतीको आधारमा आइसकेको गणतन्त्रलाई धकेलेर वामपन्थीहरुले देशलाई अनिर्णयको अवस्थामा पुर् याएको धारणा समेत व्यक्त गर्नुभयो ।
नेपाली काङग्रेसको सहमती विना देशमा गणतन्त्र स्थापना असम्भव रहेको वताउदै जोशीले अगाडी भन्नुभयो -ुकाङ्ग्रेसले चाहेमा संविधानसभाको चुनावको साथै गणतन्त्र घोषणा समेत हुन्छ ।ु
जोशीले मुलुकको स्थायी सरकार नै कर्मचारी भएकोले मुलुक अप्ठ्यारोमा परेको वेला आन्दोलन गरेर जनतालाई वाधा पुर् याउन नहुने धारणा समेत व्यक्त गर्नुभयो । उहाले कर्मचारीहरुले राजनैतिक आस्थाका आधारमा जनतालाई दिइने सेवामा फरक हुन नहुने वताउनुभयो ।
सो अवसरमा निजामती कर्मचारी युनीयनका केन्द्रीय अध्यक्ष भवानीप्रसाद थानीले कर्मचारीहरुले सुविधाको लागि मात्र नभई लोकतन्त्रको सस्थागत विकासको लागि दृढ रहनुपर्ने वताउनुभयो । कर्मचारीले प्रभावकारी र विश्वसनीय सेवा दिएर र अनुसासीत रहेर उदाहारण प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्दै अध्यक्ष थानीले कर्मचारीहरुलाई प्रकि्रयाअनुसार चल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा युनीयनका केन्द्रीय महासचिव सुवोध देवकोटाले सरकारले कर्मचारीलाई खेलौना वनाएको आरोप लगाउँदै ट्रेड युनीयन अधिकारको लागि सम्पुर्ण निजमती कर्मचारीहरुलाई आन्दोलनको लागि तयार रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी जितेन्द्रवहादुर भण्डारी युनीयनका पूर्व केन्द्रीय उपाध्यक्ष सुरेन्द्रं अधिकारी नेपाली काङ्ग्रेसका जिल्ला सभापति नवराज गुरुङ उपसभापति लालकाजी गुरुङ एमालेका जिल्ला सचिव विकास लम्साल र नेकपा एकीकृतका सचिव तेजेन्द्र पौडेल लगायतले कर्मचारीहरुले निश्पक्ष भएर जनताका काम गर्नुपर्ने वताउनुभयो ।
त्यसैगरि उक्त कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष चन्द्रकान्त खनाल नेवी संघका केन्द्रीय सदस्य मोहन आचार्य शिवालय उच्च माविका प्राचार्य डाक्टर चुडामणी शर्मा नेपाल शिक्षक युनीयनका जिल्ला अध्यक्ष वसन्तवहादुर सिके व्रम्ह्ाकुमारी जानकी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
युनीयनका जिल्ला अध्यक्ष परशुराम पुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रेडक्रसका जिल्ल्ाा सभापति सुन्दरप्रसाद जोशी निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष रामजी पौडेल नेवी संघका जिल्ला अध्यक्ष लेखनाथ पौडेल लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत युनीयनका जिल्ला उपाध्यक्ष देवीप्रसाद विलासी र संचालन किरण तिवारीले गर्नुभएको थियो ।

Friday, October 12, 2007
Saturday, July 14, 2007
पहिरोमा २२को मृर्तु
बाग्लुङका तीनवटा गाविसमा बिहीबारसाँझ परेको भीषण वर्षाका कारण पहिरो जाँदा २२ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर १८ जना घाइते भएका छन् भने पाँचजना अझै बेपत्ता छन् ।
बाग्लुङको ग्वालीचौर गाविस- १ धाँवामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुको सङ्ख्या ७ पुगेको छ । पहिरोमा परी तीनजनाभन्दा बढी बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । पहिरोमा परी मृत्यु हुनेहरुमा स्थानीय १३ वर्षका कविराम विक छन् । यस्तै ग्वालीचौर-१ का धनबहादुर थापा केशव थापा र दवारन डाँडा- ९ का खड्क थापाको पनि पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुने अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । पहिरोमा परी १७ जना बेपत्ता भएका छन् भने ग्वालीचौरका ९ वटा घरसमेत पहिरोले पुरिएको छ ।
यस्तै ग्वालीचौर-९ मा शुक्रबार बिहान गएको पहिरोका कारण एक बालिकासहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ग्वालीचौर- ५ की ६५ वर्षीया पार्वती तेली मगर १९ वर्षीया तिलमाया तेली १४ वर्षीया नरमाया तेली १६ वर्षीया चन्द्रकला तेली र १६ वर्षीया देउमाया पाइजा छन् । मृत्यु हुने अर्का एकजना ग्वालीचौर-५ का पदमबहादुर बुढाथोकीकी ५० वर्षीया पत्नी बताइए पनि उनको नाम भने खुल्न सकेको छैन । यस्तै जलजला-६ मा पहिरोले पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । पहिरोका कारण स्थानीय दिलबहादुर दर्लामी र उनका तीनजना छोराछोरीको मृत्यु भएको छ । पहिरोले पुरिएर अन्य तीनजना घाइते भएका छन् । यस्तै जलजला-९ मा गएको पहिरोमा पुरिएर शुक्रबार दिउँसो चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भने हुन सकेको छैन । पहिरोले पुरिएर गम्भीर घाइते भएकालाई बाग्लुङ सदरमुकाममा उपचार हुन नसकेपछि पश्चिमााचल क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको छ । त्यहाँ अहिले पनि पानी परिरहेको छ भने रेडक्रसलगायतका विभिन्न सामाजिक संघसंस्थाहरुले घाइते हुनेहरुको लागि खाद्यान्न लगायतको सहयोग गरिरहेका छन् । घटनास्थलमा माओवादी संसदीय दलका प्रमुख सचेतक दिनानाथ शर्मा परी थापा चित्रबहादुर केसीलगायतका विधायक पनि पुगेका छन् । घटनास्थल बाग्लुङ सदरमुकामबाट १८ कोष पश्चिममा पर्छ ।
सभार www.khojtalashonline.com

Tuesday, March 27, 2007
Friday, March 23, 2007
आज बागलुङ बजारमा बागलुङ महोत्सवको शुरु भएको छ । यो महोत्सव ७ दिन सम्म चल्ने छ । आज उद्घाटनको दिन । यो महोत्सव बागलुङ उद्योग बाणिज्य संघ बागलुङको आयोजना र जिल्ला बिकास समिति बागलुङ बागलुङ नगरपालिका कालिका भगवति गुठी धौलागिरी बस व्यवसायि समिति धौलागिरी जिप ब्यवसायी को सह आयोजनामा आयोजित यस महत्सोव बिगतमा भन्दा फरक रहेको छ । यस महोत्सवको तयारी सिलसिलामा बागलुङ बजारको सवै टोलहरु रंगिएको छ । सवै जात जाति भेषभुपा कला संस्कृतिको प्रर्दशन एवं सहभागी भएको छ । बिषेश गरी यस महोत्सवमा बागलुङ बजारको सास्कृतिक प्रर्दशन भएको छ । सायद बागलुङ बजारको प्रख्यात हनुमान नाचमा बाल कलाकारको प्रयोग भएको यो प्रथम लाग्छ । यति साना भाईहरुले यति राम्रो नाच्दा कला सस्कृतिले सवैको मन छुने रैछ ।

बाल कलाकारहरु हनुमान नाचमा

रोपाई नाच

मत केटी होईन है

घोडा नाच

यस नाचमा सायद नेपालमा कहि पनि यस्तो बाजा बजाउदैन होला। यस नाचमा टिनको बाकस बजाउने गरिन छ ।

Wednesday, March 21, 2007
बागलुङ महोत्सवको अवसरमा बजार दुलही जस्तै सिर्गाने क्रममा
यो बागलुङ बजारको प्रमुख बजार क्षेत्र महेन्द्र पथको हो । बागलुङ बजारको बिच भागमा रहेको यस स्थानमा राजा महेन्द्रको शालिक रहेको थियो । यो शालिक जनआन्दोलन २ को बेला आन्दोलनकारीहरुले यस शालिकलाई ढालेर फालेका थिए । अहिले बागलुङ बजारमा बागलुङ महोत्सवको अवसरमा बजार दुलही जस्तै सिर्गाने क्रममा यस शालिक रहेको स्थानमा तत्कालिन महेन्द्रपथ हालकों लोकतान्त्रिक चोकका बासिन्दाहरुले यस स्थानलाई यस किसिमले सिगार्दै छन् ।
Subscribe to:
Posts (Atom)