Friday, March 23, 2007

आज बागलुङ बजारमा बागलुङ महोत्सवको शुरु भएको छ । यो महोत्सव ७ दिन सम्म चल्ने छ । आज उद्घाटनको दिन । यो महोत्सव बागलुङ उद्योग बाणिज्य संघ बागलुङको आयोजना र जिल्ला बिकास समिति बागलुङ बागलुङ नगरपालिका कालिका भगवति गुठी धौलागिरी बस व्यवसायि समिति धौलागिरी जिप ब्यवसायी को सह आयोजनामा आयोजित यस महत्सोव बिगतमा भन्दा फरक रहेको छ । यस महोत्सवको तयारी सिलसिलामा बागलुङ बजारको सवै टोलहरु रंगिएको छ । सवै जात जाति भेषभुपा कला संस्कृतिको प्रर्दशन एवं सहभागी भएको छ । बिषेश गरी यस महोत्सवमा बागलुङ बजारको सास्कृतिक प्रर्दशन भएको छ । सायद बागलुङ बजारको प्रख्यात हनुमान नाचमा बाल कलाकारको प्रयोग भएको यो प्रथम लाग्छ । यति साना भाईहरुले यति राम्रो नाच्दा कला सस्कृतिले सवैको मन छुने रैछ ।



बाल कलाकारहरु हनुमान नाचमा

रोपाई नाच

मत केटी होईन है

घोडा नाच

यस नाचमा सायद नेपालमा कहि पनि यस्तो बाजा बजाउदैन होला। यस नाचमा टिनको बाकस बजाउने गरिन छ ।

No comments: